राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीत क्षेत्रको सम्बृद्धिका लागि क्रियासिल सुनाखरी मल्टी मिडिया प्रालि मार्फत भर्खरै मात्र निकै मनछुने गीत सार्बजनिक भएको छ । बाध्यात र बिबस्ताले अर्कैलाई आफ्नो जिबन साथि बनाउन परेता पनि आफुले अत्यन्त माया गरेको मान्छे भुल्न नसकिएको वियोगान्त पिंडा समाबेस गरिएको उक्त गीत “अंगालोमा अर्की” बोलको रहेको छ । नमराज ढुंगानाको प्रस्तुतिमा बजारमा आएको यस गीतलाई माधब थापाले लय शब्द भरेका हुन् । गीतमा नमराज ढुंगाना र देवी घर्तीको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतको भाव जस्तै म्युजिक भिडियोलाई पनि उत्तिकै मनछुने ढंगले तयार पारिएको छ । गीत त्रिकोणात्मक प्रेमकथा समाबेस गरिएको छ । शितल के.सी, रन्जिता गुरुङ्ग प्रतिमा खड्का द्वारा अभिनित “अंगालोमा अर्की” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन होम धितालले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया