काठमाडौं । मुस्ताङ भ्रमणमा रहेका पूर्वयुवराज पारस शाहले मुक्तिनाथ दर्शन गरेका छन्। पारस पोखरादेखि म्याग्दी हुँदै बुधबार मुस्ताङको जामसोम पुगेका हुन्।
बिहीबार उनले मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका हुन्। उनले मुक्तिनाथ दर्शन गरेका केही तस्बिर सार्वजनिक भएका छन्। पारस बिहीबार मुक्तिनाथ दर्शन गरेर जोमसोम फर्किएका छन्।
मुक्तिनाथ जाने क्रममा उनले रानीपौवा बजारदेखि मन्दिर परिसर करिव २ किमी दुरीमा घोडा चढेका थिए। मुस्ताङ भ्रमणका लागि आएका पारसको टोलीले २ वटा जीप र केही मोटर साइकल ल्याएका छन्। पारसको मुक्तिनाथ दर्शनका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन्।







































































