वि.सं. २०७६ कात्तिक २६, मंगलबार, इ.स. २०१९ नोभेम्बर १२, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११४० कछलाथ्व, कार्तिक शुक्लपक्ष, पूर्णिमा, १९:०४ उप्रान्त प्रतिपदा,नक्षत्र– भरणी, २१:५० बजेउप्रान्त कृत्तिका, योग– व्यतीपात, १२:२२ बजेउप्रान्त वरियान्, करण– भद्रा, ६:३३ बजेदेखि वव, १९:०४ बजेउप्रान्त वालव, आनन्दादिमा मुसल योग, चन्द्रराशि– मेष, २८:१० बजेउप्रान्त वृष,सूर्योदय– ६:२३ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २७ घडी १ पला। व्रत/पर्व-पूर्णिमा व्रत, कार्तिकस्नान तथा चतुर्मास व्रत समाप्ति, मन्वादि, सकिमना पुन्ही, थानकोटको वाणस्थलीमा त्रिवेणी स्नान, बराहक्षेत्रमा धार्मिक मेला समाप्ति।,डोटीको सिलगढीमा शैलेश्वरी जाँत, त्रिपुरोत्सव, निम्बार्काचार्य जयन्ती, गुरुनानक जयन्ती, सर्वार्थसिद्धि योग २१:५० बजेपछि।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – समाजसेवामा जनताको काम गर्न नसक्दा तपाईको आलोचना हुनेछ । अरुलाई दिएको बचन पुरा गर्न नसक्दा व्यार्थै दुख पाईने छ । नया काम गर्नको लागि केहि समय पर्खनुनै राम्रो रहेको छ । धन तथा सम्पति अरुले नै लाने तथा उठ्नु पर्ने रकम नआउनाले खर्च अभाव हुनेछ । नया ज्ञान तथा प्रवृधिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा मनमुटाब बढ्नेछ भने दाम्पत्य जीवनमा उतार चडाब आउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – सामान्य स्वास्थ्य सम्बन्धि समस्या बाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमि आउने छ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ। समयले गलत मार्गमा डोर्याउनाले व्याबहार बिग्रने छ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाईनाले हर क्षेत्र डामाडोल हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) – व्यापार व्यावासाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्र सँग सम्बन्धित कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेको छ । नया काम पाउने तथा नोकरिमा उच्च पद प्राप्तीको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तीको लागि चालिने पाईलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाई लेखाई अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – भाग्य तथा समयले साथ दिने हुदा आटेको तथा ताकेको काम सजिदै बन्ने छन् । सामाजिक तथा सरकारि क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुने छ । खोज मुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्ने छ । प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ । शिक्षा तथा धार्मिक क्षेत्र सँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) – सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाईनेछ। पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला। अनाबस्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुदा आफ्नो काम थाति रहनेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) – व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नया ठाउमा नया नियूक्ति तथा काम गरिरहेको ठाउमा बढोत्तरि हुने योग रहेकोछ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) – ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने तथा सत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिष्पर्धामा प्रतिश्प र्धिको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ। पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) – कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र जस्तौ स्कुल कलेज बैक तथा बित्तय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्ने छ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेकोछ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपाहार प्राप्त हुने योग रहेकोछ। आफन्त तथा छोराछोरी सँगको सम्बन्ध अझ राम्रो हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – भौतिक सम्पति तथा बिलाशि बस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारि तथा पशुपालन व्यावासाय फस्टाएर जानेछ । आमा तथा आफन्त सँग सानो सानो कुरामा मन मुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाई लेखाईमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाति रहनेछन् । राजनिति तथा समाजसेविहरुले समाजमा काम देखाउन नसक्दा बिश्वास जित्न अलि बढिनै समय खर्चनु पर्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) – सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्ने छन्् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिदै हुनुहुन्छ भने मनग्गे आम्दानि हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ भने काउन्सेलिङ,मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्ग प्रस्तुति दिन सकिनेछ । कुुटुम्ब,आफन्त तथा नजिकका मानिस सँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । तपाईको दिन शुभ रहोस् !







































































