विराटनगर, १० मंसिर÷ तेस्रो संस्करणको मिस्टर एण्ड मिस पूर्वाञ्चल हुने भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको पहिलो अडिसन इटहरीमा यही मंसिर १३ गते हुने भएको छ । त्यस्तै मंसिर १४ गते दोस्रो अडिसन विराटनगरमा हुने कोर्डिनेटर नीशा खतिवडाले जानकारी दिइन् ।
किशोर किशोरीहरूमा भएको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको अडिसनमा सहभागि हुन आवेदन फारम मंसिर २१ गतेसम्म खुल्ल गरिएको छ । जम्मा तीन वटा अडिसन हुने बताइएको छ ।
जय मिडिया म्यानिजमेन्टले यस अघि पनि ब्यूर्टी प्याजेन्ट भव्य कार्यक्रम गरि सम्पन्न गर्दै आएको छ ।




































