काठमाडौं / चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको लागि चितवन वासी नवविवाहित एक दम्पतीले विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेका छन् ।

सहयोगी दम्पतीलाई धुर्मुस सुन्तली फाउन्डेसनले सामाजिक सञ्जाल मार्फत यसरी शुभकामना व्यक्त गरेका छन् ।

जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी आफ्नो सुभ विवाहको भोज खर्च नगरी रंगशालाको लागि भनेर चितवन रामपुर बसोबास गर्नुहुने तिलक प्रसाद पौडेल र सुस्मिता पौडेल गैरे द्वारा रु १लाख ५५ हजार ५ सय ५५ रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ ।

यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा तिलक प्रसाद पौडेल र सुस्मिता पौडेल गैरेलाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहन्छौ साथै दाम्पत्य जिवनमा बाधिनु भएकोमा तपाईंहरुलाइ बधाई साथै सुभकामना ।

‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

यो पनि पढ्नुहोस: गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोबाट भित्र्याउदै आएका थिए ।

गैरकानुनी रूपमा नेपाल प्याज निर्यात गरेको भन्दै भारतीय सरकारले व्यापारीलाई नै कारबाही गरेपछि भारतबाट प्याज आउन छाडेको छ । यो सातादेखि उपत्यकावासीको प्याजको माग चीनले धानेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा अहिले दैनिक ४०/४५ टन प्याज चीनबाट भित्रिन थालेको छ । अघिल्लो सातासम्म भारतबाट दैनिक ४५÷५० टन प्याज आएकोमा अहिले चीनबाट आएको छ र भाउ पनि केही सस्तो भएको छ ।

समितिका अनुसार भारतको प्याज आउँदासम्म प्रतिकेजी १८० रुपियाँमा कारोबार भएकोमा अहिले चीनबाट आएको प्याज १४० रुपियाँमा झरेको छ । हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा पाँच सय प्रतिशतले महँगो भएको छ ।

समितिका कार्यकारी निर्देशक तेजेन्द्र पोडेलले चीनबाट प्याज भित्रिन थालेपछि बजारमा भाउ पनि घट्न थालेको र अब क्रमशः घट्ने सङ्केत देखिएको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

तपाईको प्रतिक्रिया