काठमाडौं,
पुष १ ।

यसअघि चैत ७ गतेलाई सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘लक्का जवान’ अब चैत २१मा आउने भएको छ । वितरकसँगको सरसल्लाहमा चलचित्रको रिलिज डेट सारिएको चलचित्रका निर्देशक शिवहरि पौडेलले जानकारी दिए ।

आमा बंगलामुखी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुति तयार भएको छ ।

किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको चलचित्रको सहनिर्मातामा सुरेन्द्र केसी र दीपेन्द्र खनिया रहेका छन् ।

किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेतलगायतको अभिनय रहेको ‘लक्का जवान’ पाका उमेरका मानिसहरुको कथाको बिषयमा बनेको चलचित्र हो ।

तपाईको प्रतिक्रिया