काठमाडौं । चर्चित विवादास्पद टिभी कार्यक्रम बिग बोस सिजन–१३ बाट चर्चामा आएकी हिमांशी खुराना अहिलेसम्म अविवाहित छिन् । एक कार्यक्रम सहभागी हुन पुगेकी हिमांशीले आफु दस वर्षदेखि पंजाबी फिल्म उद्योगमा सक्रिय रहेको बताईन् । उनका धेरै फ्यानहरु छन् जो उनलाई फलो गर्छन् तर यो कुरा भने कमैलाई मात्र थाहा छ । बिग बोसमा सहभागी भएपछि उनले धेरै चर्चा पाइन् ।

उनि भन्छिन् , ‘मान्छेले मलाई पहिला पनि मन पराउँथे तर अहिले उनिहरुले मलाई एक सामान्य मानिसको रुपमा पनि बुझेका छन् ।’ चण्डीगढ़ स्थित अलान्ते मल्ल आइवाईवेयर ब्रान्डको प्रमोशन गर्न पुगेकी पंजाबी अभिनेत्री तथा गायिका हिमांले भनिन्, ‘जब तपाई पर्दामा एक कलाकारको व्यक्तिगत जीवन देख्नुहुन्छ, तब उनिहरुसंग तपाईको एक फरक प्रकारको सम्बन्ध हुन्छ ।’ उनले अगाडि थपिन्, ‘मलाई शोमा सबै चरित्रमा दर्शकहरुले देख्नुभएको छ । यही कारणले गर्दा उहाँहरुको म प्रतिको लगाव धेरै देखिन्छ ।’ उनले भनिन्, ‘शो मा जानुभन्दा पहिले पनि म संग कामको कुनै कमि थिएन् ।’

बिग बोसमा पुनः प्रवेशको बारेमा सोधीएको प्रश्नमा हिमांशीले भनिन्, ‘अब छिट्टै तपाईहरुलाई केही आश्चर्य लाग्नेछ ।’ हिमांशीले थपिन्, ‘हामीलाई यसको बारेमा केही थाहा हुँदैन । हाम्रो अनुबन्ध यस्तो हुन्छ कि हामीलाई जुन बेला पनि बोलाईन सक्छ । यस समयमा हामीले यस कार्यक्रममा नजर राख्नुपर्दछ र लामो समय सम्म हामीलाई बाहिर जान अनुमति पनि हुँदैन ।

यो सम्झौता पुरै शो सम्मका लागि हुन्छ ।’ शो मा, हिमांशीले आफ्नो औंठी देखाउँदै यसमा एउटा अनौठो कुरा लुकेको बताईन् । जब यस प्रश्नको बारेमा सोधियो उनले भनिन्, ‘मैले सुरक्षाको पर्खालको रूपमा औंठीलाई आफ्नो साथमा राखेकी हुँ ताकि कोहीले पनि मलाई नसताओस् । यो सत्य हो कि म प्रतिबद्ध छु तर त्यहाँ आधिकारिक संलग्नता भने केहि छैन ।’ आफुले हरेक सम्बन्धलाई धेरै गम्भीरताका साथ लिने भएकाले कार्यक्रममा पनि आफुले मर्यादा र दूरी राख्ने काम गरेको उनले स्पष्ट पारिन् ।

तपाईको प्रतिक्रिया