काठमान्डाँै ।
नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र एलेन मगरको आवाजमा रहेको रोमान्टिक गीत “ माछी खेल्यो ” गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको माया र त्यागलाई गीतमा निकै रमाइलो तरिकाबाट ब्यक्त गरिएको छ । आफनो मायालुलाई फकाउनको लागी गीतमा प्रेमका सुवासयुक्त भावनालाई कलात्मक रुपमा व्यक्त गरिएको छ । दिनेश सुवेदीको शब्द तथा एलेन मगरको संगीत र रिकेश गुरुङको एरेन्ज रहेको छ । नवराज उप्रेतीको छायाँकन , मिलन विश्वकर्मा र विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । “ माछी खेल्यो ”गीतको भिडियोमा निकै रुचाइएका मोडल एलेन मगर र सृष्टि खड्काको फिचरिङ रहेको छ ।
“ माछी खेल्यो ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया