काठमाडौं । नेपालको एक मात्र चर्चित ब्युटी पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १२ औं बार्षिकोत्सब भब्यताको साथ मनाएको छ । उक्त अबसरमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले सञ्चारर्की सविता पोखरेलाई सौन्दर्य पत्रकारिता सम्मान २०७६ बाट सम्मान गरेको थियो । पोखरेलाई कार्यक्रमकी प्रमुख अतिथी राष्ट्रिय सभा सभासद माननिय कोमल वलीको हातबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
विगत लामो समयदेखि अत्यन्त निष्ठा, दक्षता, इमान्दारितापूर्वक र समर्पणभावका साथ सञ्चार क्षेत्रमा साधनारत रहि सौन्दर्य क्षेत्रलाई समेत चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका भन्दै पोखरेललाई सम्मान गरिएको हो । कार्यक्रममा पोखरेलका अलवा विभिन्न क्षेत्रका १३ जना प्रख्यात एवं सफल व्यक्तित्वहरुलाई बिसेष सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा बरिष्ट सौन्दर्यबिद सिता न्यौपाने पाठक, बरिष्ट सौन्दर्यबिद सोनी काररंजित, बरिष्ट सौन्दर्यबिद सुमी रंजित, लोकप्रिय अभिनेत्री सरिता लामिछाने, पूर्व मिस नेपाल तथा फेसन डिजाइनर उषा खड्की, लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्मा, समाजसेवी दिक्षा चापागाई, पत्रकार सबिता पोखरेल, लोकप्रिय गायक रामचन्द्र काफ्ले तथा गायिका जुनु रिजाल युवा ब्यबसायी बसन्ती अधिकारि, फेसन डिजाइनर सिर्जना पोखरेल, सौन्दर्यकर्मी सरु श्रेष्ठ, अन्तराष्ट्रिय हेयर ड्रेसर तथा मेकअप आर्टिस्ट रायन मंगोलियन रहेका थिए ।

तपाईको प्रतिक्रिया