काठमाडौं: गीतकार प्रकाश दुमी राईको ‘एक जुनी त हो…’ गीतको म्यूजिक भिडियो युट्युव मार्फत सार्वजानिक गरिएको छ । उक्त गीतमा चर्चित गायक स्वरुपराज आचार्यको स्वर रहेको छ भने चर्चित संगीतकार डी आर अटुको संगीत रहेको छ ।

म्यूजिक भिडियोमा रंगमञ्चका चर्चित कलाकार राजन खतिवडाले जिवन्त अभिनय गरेका छन् । खतिवडाले उक्त भिडियोमा गाउँबाट सहर आई जीवनमा भोगिने भोगाईलाई सचित्र अभिनयबाट उतारेका छन् । कथामा संघर्षका क्रममा आफ्नो छोरीलाई गुमाउनुको पिडा र जागिरबाट अलग्गिनुको कथा व्यथालाई सन्जिब राईले निर्देशन गरेका छन् ।

यस म्यूजिक भिडियोमा राजन खतिवडाको साथमा सरिता भुजेल, विश्वास कोईराला, विकास पन्त र बाल कलाकार अल्मा खतिवडाले अभिनय गरेका छन् । यस गीतमा राजु कार्कीले संगीत संयोजन गरेका छन् भने मनोज साङ्सोनले रेकर्डिङ गरेका छन् । म्यूजिक भिडियोलाई अनिल कटवालले छायांकन र सम्पादन गरेका छन् । स्टुडियो किङ्गमा गीत रेकर्डिङ गरिएको यस म्यूजिक भिडियोलाई Akhabar TV को युट्युव च्यानलबाट सार्वजानिक गरिएको हो ।

{भिडियो सहित}

तपाईको प्रतिक्रिया