काठमान्डाँै ।
गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङ्ग ६५ जना गरिव तथा असाहाय बालवालिकालाई पढ्नको लागी सहयोग गर्नुभएको छ । कक्षा १ देखी नर्सिङ कलेज पढ्ने सम्मका विध्यार्थीलाई सहयोग गरेको गीतकार योञ्जनले बताए । काठमान्डाँैको जय भद्रकाली र अन्य विध्यालयमा अध्ययनरत बालबालिकालाई सहयोग गरेको उनले बताए ।

साहित्यकार सफल गोले तमाङ बहिनीको अनुरोधमा ५ जना थप बालबालिकालाई पढाउने जिम्बेवारी लिएको उहाँले बताउनुभयो । शिक्षाको उज्यालो ज्योतिबाट कोही पनी बालबालिका पछि पर्नु नपरोस भन्ने अभिप्रायले ति बालबालिकालाई सहयोग गरेको गीतकार योञ्जन ले बताए ।आफनो काममा अमुल्य समय र निस्वार्थ सहयोग गर्ने समाज सेबी अनी साहित्यकार श्रीमती बिना थींग तामांग र तिबत दर्लामीको साथबाट निरन्तर सहयोग गरिएको गीतकार योञ्जनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया