बिजि बर्मा फिल्मसको ब्यानरमा निर्माण भएको दुई चलचित्र ‘मेरो दिल छ पोखरामा’ र ‘लवजोन’ को यहि पौष १५ गते विशेष सो काठमाडौमा हुदैछ । ‘मेरो दिल छ पोखरामा’ लाई कला राइले प्रस्तुत गरेकी छन भने ‘लवजोन’ मा निर्देशक घायल कै प्रस्रुती रहेको छ।

राजु पौड्याल ,रन्जु रन्जना ,रोशन बिसि कला राई दिप कुलुङ र गङा कुवर को अभिनय रहेको ‘मेरो दिल छ पोखरामा’ लाई रामकृष्ण कडेलले खिचेका हुन भने दुबै फिल्ममा राजन महर्जनको नृत्य ,देव महर्जन को द्वन्द्व अनि बिश्वास भण्डारीको सम्पादन रहेको छ लवजोन मा बिक्रम कार्को छायांकन रहेको छ। बिक्रम कार्की ,प्रेरणा बोहरा,रुबि थापां राजन श्रेष्ठ ,राजु श्रेष्ठ ,तृष्णा खडका,डिबि तामाङ र कुमार कार्की को अभिनय रहेको छ। ‘लवजोन’ माघ २४ गते र ‘मेरो दिल छ पोखरामा’ फागुन २ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

तपाईको प्रतिक्रिया