काठमाडौं : फिल्म ‘प्रेमगीत–३’ निर्माण टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ। छायांकनमा रहेको फिल्मका कलाकारको क्यारेक्टर पोस्टर केही समयको अन्तरालमा सार्वजनिक भइरहेको छ।

सोही क्रममा निर्माण टिमले अभिनेता सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा सुनिल बक्खुमा छन्। हिमपातको सामना गरिरहेका उनी एउटा पोस्टरमा पदयात्रामा रहेको देखिन्छ भने अर्को पोस्टरमा ढोल बजाइरहेका छन्। जाडोमा यो गेटअपमा उनी निकै सुहाएका छन्।

आगामी चैत २८ गते रिलिज हुने फिल्मको निर्माता तथा निर्देशक सन्तोष सेन छन्। त्यस्तै शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिष्टिना गुरुङ, माओत्से गुरुङ, मनिष राउत, अनुभव रेग्मी, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, योगिशा खत्री, समृद्धि शाही ठकुरी, क्रिजन गौतमलगायत कलाकारको फिल्ममा अभिनय छ।

तपाईको प्रतिक्रिया