काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गरेकी छिन।उनले मंगलबार सामाजिक संजाल ट्वीटरमा आफ्ना ४ सुन्दर तस्बिर सेयर गर्दै भ्रमण वर्षको सफलताको शुभकामना दिएकी छिन्।

राजदूत यान्छीले ट्वीटमा लेखेकी छिन, ‘प्राकृतिक सौन्दर्यले सदैव भित्री मनलाई छुन्छ। विविधता, इतिहास र प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुन्दर नेपाल साच्चिकै घुम्‍न लायक छ।’

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई मेन्सन गर्दै आफ्ना चारवटा तस्बिर पोस्ट गरेकी छिन्।

तपाईको प्रतिक्रिया