जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ। यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस्। काममा बाधा आउन पाउँदैन।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस्। अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस्। त्यसपछि घरबाहिर निस्कनुस्। काम फत्ते हुन्छ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस्। यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ। शनिवारदेखि यसो गर्न शुरु गर्नुस्।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस्। धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस्। अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस्।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ ।

तपाईको प्रतिक्रिया