नुवाकोट, १७ पुष – नेपाल पत्रकार महासंघ नुवाकोटले जिल्लामा कृयाशील पाँच जना संचारकर्मीहरुलाई भोली पुरस्कृत तथा सम्मानित गर्ने भएको छ ।
महासंघ अध्यक्ष कपिलदेब खनालले दिनुभएको जानकारी अनुसार दीर्घ सेवा पत्रकारीता सम्मानबाट सुन्दरादेबी सन्देश साप्ताहिकका प्रकाशक किरणप्रसाद अधिकारी, स्वर्गीय मोहनबिक्रम ध्वज स्मृति पत्रकारीता पुरस्कारबाट त्रिशूली खवर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ, स्वर्गीय रामकृष्ण प्रधान स्मृति पत्रकारीता पुरस्कारबाट गोरखापत्र समाचारदाता रामहरी गजुरेल, महिला पत्रकारीता पुरस्कारबाट सगरमाथा टेलिभिजनकी समाचारबाचिका बसुधा केसी र नयाँ रुपरेखा साप्ताहिकका संस्थापक सम्पादक माधबप्रसाद खनाल संचार उद्यमी सम्मानबाट पुरस्कृत हुनुहुनेछ ।
सम्मान कार्यक्रममा सहभागी हुन नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, महासंघका उपाध्यक्ष बिपुल पोख्रेल, महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, पत्रकार महासंघ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्ट, महासंघ प्रदेश नं ३ का महासचिव कृष्ण सारुमगर बिदुर आउने तय भएको खनालले जानकारी दिनुभएको छ ।
यस्तै प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, प्रेस संगठन नेपालका सह–संयोजक गणेश बस्नेत, प्रेस युनियन नेपालका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, प्रेस युनियन नेपालका केन्द्रिय महासचिव अजयबाबु शिवाकोटी पनि कार्यक्रममा सहभागी हुनुहुनेछ। ।
सुखद पाहुना घर बिदुरमा बिहान ११ बजेदेखी सुरु हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको महासंघले जनाएको छ ।




































