काठमान्डाँै ।
तामाङ सेलोमा निकै रुचाइएका गायक चित्र बहादुर तामाङ जिम्बा र गायिका प्रमिला मोक्तानको आवाजमा रहेको तामाङ सेलो ”फेब्खौ ज्योज्यो नानाआङा” गीतको भिडियो सार्वजनिक भएको छ ।

मायालु जोडि विचको प्रेम र स्नेहलाई निकै मौलिक रुपमा गीतमा समेटिएको छ । चित्र बहादुर तामाङ जिम्बा र सुरोत सिंह जिम्बाको शब्द तथा चित्र बहादुर तामाङको संगीत संयोजन गीतमा रहेको छ । गीतलाई दिपेश प्रधानले एरेन्ज गरेका छन ।

एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा रुपेश योञ्जन र कमल जोशीको कोरियोग्राफी गीतको भिडियोमा रहेको छ । ”फेब्खौ ज्योज्यो नानाआङा” गीतको भिडियोमा रितु लामा विलोन , रंजित थिङ , पुसन लामा मनिश लामा मोक्तानको अभिनय रहेको छ ।
”फेब्खौ ज्योज्यो नानाआङा” हेर्नुहोस तामाङ सेलो गीतको पुरा भिडियो ।

तपाईको प्रतिक्रिया