बाग्लुङ जिल्ला जैमुरे नगरपालिका ८ की स्थाई घर भई पोखरा महानगरपालिका ५ बस्ने बर्ष ४ की सम्झना सुबेदीको सेतीको नहरले बगाउँदा ज्यान गएको छ । आईतबार आमासंगै पसलमा केही सामान किनेर घर तिर जादै गरेकी सम्झना सेती नदि नहरमा झरिन् र नहरले बगाएर करिब १०० मिटर तल लग्यो, अन्तत् उनको शब फेला पर्यो । पोखराको अघिकाँश क्षेत्रमा सेतीका नहरहरु छन् । कतिपय ठाउँमा स्ल्याब बनाएर, तारजाली लगाएर राखिएको छ भने कतिपय ठाउँहरु खुल्ला छन् । पोखराको वडा न ंं ५ मा पनि केही ठाउँमा स्ल्याब छ तर जुन ठाउँबाट सम्झना झरिन् त्यो ठाउँ खाली भएको र तेलको कार्टुनले ढोकेको अवस्था थियो । सम्झनाले उक्त ठाउँमा टेक्दा उनी सोझै नहरमा झरिन् । सिंचाईको लागी लगिएको नहरमा पानीको बहक धेरै भएकाले बालिकाको ज्यान गएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चार दिनपछि सार्वजनिक हुँदै ‘मितज्यू’को टिजर, काउन्टडाउन सुरु
प्रतीक्षित नेपाली फिल्म ‘मितज्यू’को टिजर सार्वजनिक हुने मिति तय गरिएको छ। निर्माण टिमका अनुसार फिल्मको टिजर आगामी आइतबा...
मानसिक स्वास्थ्य समस्या समाधानमा विराटनगर महानगरको सक्रियता
विराटनगर ÷ बढ्दो मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न स्थानीय तहले सक्रियता बढाउन थालेका छन्। यही सन्दर्भमा विराटनगर ...
जर्मन होम्स् होटलमा ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ : गायक विश्व नेपालीको लाइभ प्रस्तुति मुख्य आकर्षण
काठमाडौँ उपत्यकाको गठ्ठाघरमा अवस्थित जर्मन होम्स् होटलले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा विशेष ‘न्यू इयर इभ सेलिब्रेसन’...
‘परालको आगो’बाट सुशील पोखरेलको पुनरागमन : “फिल्म मेरो व्यवसाय होइन, मेरो प्यासन हो”
नेपाली फिल्म क्षेत्रमा निरन्तर सक्रिय रहने निर्माताहरूको संख्या निकै कम छ। धेरैजसो निर्माता एक–दुई फिल्म असफल भएपछि यो क...
विजय पुन र सञ्चिता बोलाखेको अभिनयमा ‘बस्ने भो पिरती दोहोरै’
काठमाडौँ — लोकप्रिय गायक रामजी खाँड र गायिका बिन्दु परियारको स्वरमा रहेको ‘बस्ने भो पिरती दोहोरै’ गीतको अफिसियल भिडियो भ...
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने
काठमाण्डू । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा ...










