मुम्बइ। बलिउड अभिनेत्री अमृता धनोआलाई मुम्बइ पुलिसले गोरेगांवको उक होटलबाट पक्राउ गरेको छ । अमृतालाई पुलिसले छापा मार्ने क्रममा मुम्बइको फाइभ स्टार होटलबाट पक्राउ गरिएको हो । उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरिएको छ । उनीहरुलाई अवैध यौनधन्दाको अभियोगमा पक्राउ गरिएको हो ।

पुलिसलाई आफ्नो स्रोतबाट यहाँ अवैध यौनधन्दा चलिरहेको खबर आएपछि छापा मारेको थियो । पुलिसले नक्कली ग्रहक बनेर उनीहरुसँग सम्पर्क गरेको थियो । पुलिसको जालमा फस्नासाथ उनीहरुलाई पक्राउ गरिएको हो । पुलिसका अनुसार यी दुवै अभिनेत्री यौनधन्दाका एक हिस्सा हुन् । अमृताले अनलिमिटेड नशा, प्रविन बबी, द वर्ल्ड अफ फेशन लगायतका बलिउड फिल्ममा काम गरेकी छिन् ।

तपाईको प्रतिक्रिया