१. प्रजातन्त्र भनेको जनताको, जनताको लागि, जनता द्वारा गरिने शासन पद्दती हो ।

२. मलाई रूख ढाल्न छ घण्टा देउ र म पहिलो चार घण्टा बन्चरो उदाउन लगाउनेछु ।

३. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रू हुन्छ ।

४. भविष्यको बारे एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउदछ ।

५. मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरता प्रति छ ।

६. अन्त्यमा यो गनिदैन कि जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।

७. आफैमा विभाजित गृह कहिल्यै पनि माथी उठ्न सक्दैन ।

८. तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैभरी मूर्ख बनाउन सक्दछौ तर सबैलाई सधै मूर्ख बनाउन सक्दैनौं ।

९. म अहिले जँहा छु र जे बन्ने बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति रिणी छु ।

१०. म मेरी आमाका प्राथनाहरू अझै सम्झन्छु जसले मलाई पच्छ्याइरहन्छन । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।

यो पनि पढ्नुहोस

मदर टेरेसाका मननिय भनाइहरू

१. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।

२. शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।

३. हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।

४. यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।

५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।

६. विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? घर गएर आफ्नो परिवारलाई माया गर्न ।

७. हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।

८. रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।

९. यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।

१०. प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।

तपाईको प्रतिक्रिया