काठमाडौँ — निर्देशक संजयलिला भन्सालीले निर्देशन गर्ने फिल्म ‘गंगुबाई’ मा अभिनेत्री आलिया भट्टले निकै चूनौतीपूर्ण भूमिका निभाउँदै छिन् । आलियाले फिल्ममा मुम्बई अन्डरवर्ल्डका महिला डनको भूमिका निभाउने छिन् ।जसले निर्माण अघि नै फिल्मको चर्चा चुलिएको छ ।

फिल्ममा प्रयोग हुने संगीतलाई लिएर पनि ‘गंगुबाई’ फेरि चर्चामा आएको छ। आलियाले फिल्ममा कुनै ‘डान्स’ प्रस्तुत नगर्ने बताइएको छ । फिल्मको गीतमा उनले लिप्सिङ पनि गर्ने छैनन् ।

फिल्ममा पार्श्व संगीत मात्रै प्रयोग हुनेछ । ‘ब्ल्याक’पछि संजयले बनाउने यर्थाथवादी फिल्म हो, ‘गंगुबाई’ । फिल्ममा आलियाको पहिरन पनि डिजाइनदार हुने छैन ।

सुटिङकै क्रममा बोलिएको संवाद नै फिल्ममा प्रयोग गरिने बताइएको छ ।

साभार :कान्तिपुर

तपाईको प्रतिक्रिया