यतिबेला विराजको चलचित्र ‘साङ्लो’ निकै चर्चामा छ । लामो समयपछि नेपाली चलचित्रमा देखिन लागेका विराज स्वयम्ले यो चलचित्र निर्देशन गरेका हुन् । यसै चलचित्रबाट पूर्व मिस नेपाल निकिता चाण्डकले पनि अभिनयमा डेब्यू गरेकी छन् । ‘साङ्लो’को ‘चरीले काफल’ बोलको गीत र एक्सन प्रधान ट्रेलरको राम्रै चर्चा भइरहँदा यहि चलचित्रको नयाँ गीतको पनि छायांकन गरिँदैछ ।

सुरेश अधिकारीको संगीत रहेको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् । डान्सिङ नम्बरको यस गीतबाट निर्माण पक्षले ठूलो आश बोकेको छ । केही दिनमै छायांकन सकेर चलचित्र रिलिजको मुखमा गीत सार्वजनिक गर्ने विराजले बताए ।

चलचित्रले किड्नी तस्कीरको कथा उठान गरेको छ । आगामी माघ २४ गतेदेखि देशभरका सिनेमा घरमा आउने तयारीमा रहेको चलचित्रलाई विराजको सुखद कमव्याकको रुपमा समेत हेरिएको छ । एक्सन, लभस्टोरी चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिराज भट्ट प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा शिवम अधिकारीको पटकथा तथा संवाद, बिराज स्वयम्को कथा रहेको छ ।

तेजबहादुर खड्का निर्माताको रुपमा रहेको यो चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, सुरेश अधिकारीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया