काठमाडौं। गायिका आस्था राउतले फेरि फेसबुक लाइभ आएर आफ्ना विवादित फेसबुक लाइभबारे स्पष्टीकरण दिएकी छिन् । उनले आफू पीडित भएको भन्दै आफूमाथि दुर्व्यवहार भएको कुरा सत्य भएको बताएकी छिन् । ‘आज म बोलेर सुरक्षाकर्मीले सर्वसाधारणसँगको व्यवहार राम्रो हुन्छ भने म किन नबोल्ने ?’ उनले भनिन् ।

उनले अघिल्लो फेसबुक लाइभमा आफू केही आक्रोशित भएको र आक्रोशका क्रममा केही बढी बोलेको भन्दै माफी पनि मागेकी छिन् । उनले आफूमाथि दुर्व्यवहार भएपछि आक्रोशित हुनु स्वभाविक भएको समेत बताएकी छिन् ।

तपाईको प्रतिक्रिया