काठमाडौं – सेलिब्रेटीहरु प्रेम सम्बन्धमा रहेको र छिट्टै नै उनीहरुको प्रेम टुङ्गिएको समाचारहरु त बारम्बार आउने गर्छन् । यतिबेला देवांश राणासँग प्रेममा रहेकी साम्राज्ञी कुनै समय मयंक खड्का सँगको प्रेमका कारण चर्चामा थिइन् ।

आँचल शर्मा र पल शाह पनि प्रेम सम्बन्धमा रहेको खबर आइरहेको थियो पहिले । तर, केही दिन यता यी दुईको ब्रेकअप भएको गाइँगुइँ चल्न थालेको छ । यस्ता गसिप त फिल्मी क्षेत्रमा सामान्य भइसकेका छन् । यहाँ भने हामीले प्रेमको हैन, बिहे भएर पनि डिभोर्स भएका केही सेलिब्रेटीलाई जोड्न खोजेका छौँ ।

शिल्पा पोखरेल-नायिका शिल्पा पोखरेल यतिबेला चर्चामा छिन् । किनभने उनले हालै छविराज ओझासँग डिभोर्स दिने चर्चा थियो । छविराज ओझासँग त अझै डिभोर्स भएको छैन तर ओझाका अनुसार शिल्पाको छविसँग बिहे हुनुअघि नै एउटा बिहे भएको थियो । र, डिभोर्स पनि भएको थियो ।

छविराज ओझा र रेखा थापा नायिका रेखा थापाले आफ्ना पति छविराज ओझासँग झण्डै १२ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याएर डिभोर्स गरेकी थिइन् । त्यसपछि भने रेखा एक्लै छिन् । कुनै बेला नेपाली फिल्म क्षेत्रमा एकछत्र राज गरेकी रेखाले छविराज ओझासँग बिहे गरेकी थिइन् । यता छविराज ओझाले भने रेखासँग पारपाचुके भएपछि शिल्पा पोखरेलसँग बिहे गरेका थिए । यी दुईले बिहे गरेर पनि लामो समयसम्म बिहेबारे केही कुरा पनि बाहिर चुहाएनन् । अहिले यी दुवै डिभोर्सको प्रक्रियामा छन् । केही हप्ता अघि मात्र आफू घरेलु हिंसामा परेको भन्दै शिल्पाले छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

निखिल उप्रेती र सञ्चिता लुइँटेल अभिनेता निखिल उप्रेतीले पनि दोस्रो बिहे गरेका छन् । उनले नायिका सञ्चिता लुइँटेलसँग दोस्रो बिहे गरेका थिए । अहिले निखिल र सञ्चिताले आफ्नो जीवन खुशीसाथ बिताइरहेका छन् ।

रीमा विश्वकर्मा नायिका रीमा विश्वकर्मा मोडलिङ तथा फिल्मी दुनियाँमा रमाउँदा रमाउँदै अस्ट्रेलियामा बस्दै आएका रोबर्ट विश्वकर्मासँग बिहे गरेकी थिइन् । बिहे भएको केही वर्षमै यी दुईको कानूनी रुपमा डिभोर्स भयो ।

प्रियंका कार्की नायिका प्रियंका कार्की सधै चर्चामा रहिरहने अभिनेत्री हुन् । उनले रोचक मैनालीसँग बिहे गरेकी थिइन् । अमेरिकामा पढ्दै गर्दा प्रियंकाले अमेरिकामै इन्जिनियरिङ गर्दै गरेका रोचक मैनालीसँग बिहे गरेकी थिइन् । तर पछि उनको रोचकसँग डिभोर्स भयो । अहिले उनी आयुष्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा छिन् । यी दुईको बिहे हुने चर्चा छ ।

मौसमी मल्ल एक जमानाकी चर्चित नायिका मौसमी मल्लले चलचित्र ‘कान्छी’ बाट चलचित्रमा अभिनय थालेकी थिइन् । उनले धनविक्रम मल्लसँग बिहे गरेका थिइन् । तर, उनको वैवाहिक जीवन पनि लामो समय टिकेन ।

अञ्जु पन्त गायिका अञ्जु पन्तले गायक तथा संगीतकार मनोजराजसँग बिहे गरेकी थिइन् । तर, उनको बिहेपछिको सम्बन्ध खासै सुमधुर हुन सकेन । यी दुईले झण्डै १० वर्षको आफ्नो सम्बन्धपछि डिभोर्स गरे ।

भुवन केसी अभिनेता भुवन केसी त झन् करिअर नै कन्ट्रोभर्सीका कारणले सकिएको भनेर पनि भन्ने गरिन्छ । भुवन केसीले नायिका सुस्मिता बम्जनसँग बिहे गरेका थिए । तर यी दुईको वैवाहिक सम्बन्ध जीवनभरका लागि हुन सकेन । यस्तै शिव श्रेष्ठ र गंगा श्रेष्ठ, गौरी मल्ल र प्रज्वल भण्डारी, अरुणिमा लम्साल र अमित अर्याल, झरना बज्राचार्य, मिलन अमात्य र मेन्सन अमात्य लगायत कैयन् सेलिब्रेटीको पनि डिभोर्स भएको छ ।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।

उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लापरवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् । आफ्नो शरीर यो बर्षको फागू पूणिर्मा सम्ममा पुरै फेरिने रेखाको दाबी छ ।

तपाईको प्रतिक्रिया