नयाँ पुस्ताकी गायिका हुन्, सरिता भारती । मोडलिङमा पनि उत्तिकै सक्रिय उनी गोरखा, मिरकोटकी हुन् । व्यवस्थापनमा स्नातक सरिता आधा दशकदेखि गायन–मोडलिङमा छिन् । सांस्कृतिक संस्थानबाट गायन कोर्स पूरा गरेकी उनी अहिले पनि संगीत सिकिरहेकी छन् । पहिलो पप आधुनिक गीत ‘मेरो जवानी…’ गत वर्ष सार्वजनिक गरेकी थिइन् उनले । हालै नयाँ लोकदोहोरी ‘लुडो र तास…’ बजारमा आएको छ, उनको । ‘म के गरूँ…’ बोलको गजल भिडियो सार्वजनिक
गर्ने तयारी छिन् । अन्य दुई गीत रेकर्डका क्रममा छन् । मल्टिनेसनल कम्पनी कलर इसेन्सस, नेचर इसेन्स, अन्डर सफ्ट फेसन सोमा ‘क्याटवाक’ गरिसकेकी सरिताले ‘मनसुन परेड’, ‘तीज महोत्सव फेसन’, ‘न्युइयर फेसन’सहित दर्जनबढी ‘¥याम्प सो’मा मोडलिङ गरिसकेकी छन् । ब्युटिसियन ‘ट्यालेन्ट नेपाल २०१८’ की विजेता सरिताले मुटुमा ‘तिमी मेरो… (आधुनिक)’, ‘तिम्रो आँखामा…’ (आधुनिक), ‘हे बौजु…(देउडा)’, ‘सहर आएपछि…(लोक दोहोरी)’, ‘मेरो जवानी…(पप आधुनिक)’ ‘लुडो र तार… (लोकदोहोरी)’ गीत भिडियोमा मोडलिङ गरिसकेकी छन् । यसै वर्ष ‘सगरमाथा म्युजिक अवार्ड’मा उत्कृष्ट नवगायिका (पप)तर्फ अवार्ड जितेकी सरिता सञ्चारकर्मीसमेत हुन् । उनै सरितास“ग राजधानीले गरेको सटकट संवाद :

सरिता गायिका कि मोडल ?

म आफूलाई गायिकाकै रूपमा चिनाउन चाहन्छु । मोडलिङ जवानी रहुन्जेल मात्र हो । गायनमा सधैं लागिरहन सकिन्छ ।

कस्तो गाउन मन पर्छ ?

हरेक प्रकारको । जस्तो प्रस्ताव आउँछ, त्यस्तैमा गाउँछु ।

अब मोडलिङ नगर्ने त ?

गर्छु नि † सफल गायिका बन्नु मेरा लक्ष्य हो । यसका लागि संघर्ष गरिरहेकी छु । ¥याम्प सो र म्युजिक भिडियोमा प्रस्ताव आउँदासम्म मोडलिङ गरिरहन्छु ।

मोडलिºको कमाइ कस्तो छ ?

ठिकै । बाहिरी ब्यानरका चार वटा भिडियोमा काम गरें । सम्बन्ध हेरेर पारिश्रमिक लेनदेन हुन्छ । ¥याम्प सोमा पनि केही पैसा पाउने गरेकी छु ।

नवप्रतिभा हरेक कुरामा शोषणमा पर्छन् भनिन्छ नि ? यस्तो अवस्था आइपरेको छ कि छैन?

छैन । शोषणबारे थाहा भएन । ‘ब्युटिसियन टेयालेन्ट नेपाल’को विजेता भएपछि मोडलिङमा व्यावसायिक रूपमा आएकी हुँ । मिडियामा भएकीले पनि त्यस्तो भोग्नु नपरेको हुन सक्छ ।

समाजले मोडललाई नकरात्मक रूपमा हेर्छ, भनिन्छ, किन होला ?

समाजले बाहिर निक्लेर केही गर्न चाहने हरेक नारीलाई नकारात्मक रूपमा हेर्छ । यसमा मोडल पनि पर्छन् । कलाकार तथा मोडललाई सकरात्मक रूपमा हेरेर प्रोत्साहन गरिनुपर्छ भन्ने मान्यता हो ।

घरबाट विवाह गर्ने दबाब आएको त छैन ?

छोरी १८ वर्ष पुगेपछि नै घरबाट विवाहको दबाब आउँछ । मलाई पनि आएको हो । मैले नमानेपछि ‘अब आफैं खोजेर विवाह गर्नु’ भनेर बुबाआमाले कुरा गर्न छाड्नुभयो ।

त्यसो भए विवाह कहिले गर्ने त ?

अहिले योजना छैन । गायनमा नामसँगै दाम कमाएपछि गर्नुपर्ला ।

कस्तो विवाह गर्ने योजना छ ?

प्रेमविवाह नै गर्छु होला । प्रेमविवाह मन पर्छ ।

प्रेम सम्बन्ध छ कि के हो ?

छैन । स्कुलदेखि कलेजसम्म मन पराउने धेरै आए । तर, म काम र करिअरमै व्यस्त भएँ । अहिले त झन् मिडियासँगै गायन पेसामा केन्द्रित भएकाले प्रेम गर्ने फुर्सद नै छैन ।

तपाईको प्रतिक्रिया