‘हाम्रो विवाहको कुरा चलिरहेको थियो । तर उसको परिवारका सदस्यले दिनकै हामीलाई दुःख दिइरहेका थिए । उनीहरु आफ्नो छोरीको जस्तो मेरो सरकारी नोकरी नभएको भन्ने गर्थे । त्यसैले मैले उनलाई मारिदिए ।’

यो भनाई २७ वर्षिया मनिन्दर सिंहले चण्डिगढबाट प्रसारण हुने एक नीजि टेलिभिजन च्यानलको लाइभ शोमा भनेका थिए । लाइभ टेलिभिजन कार्यक्रममा मनिन्दरले सन् २०१९ डिसेम्बर ३०मा उनको प्रेमिका सरबजीत कौरको किन हत्या गरिएको बताएका थिए । यसको केही पछि नै प्रहरीले मनिन्दरलाई गिरफ्तार ग¥यो ।

मनिन्दरले चण्डीगढको औधोगिक क्षेत्रस्थित एक होटलमा धारिलो हतियारको प्रयोगमार्फत, आफ्नो प्रेमिकाको हत्या गरेर र फरार भएका थिए ।

अझ रोचक कुरा मनिन्दर पहिलेदेखि एक अलग हत्याको मुद्दामा जमानतमा थिए । अघिल्लो घटनामा पनि मनिन्दरको प्रेमिकालाई नै मारेका थिए ।

प्रहरीका अनुसार सन् २०१०मा पनि उनले हरियाणामाा आफ्नो अघिल्लो प्रेमिकाको हत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया