काठमान्डौँ , माघ ५
नेपाली लोक गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल गायिका हुन गायिका धनकुमारी थापा सरु । मौलिक लोक गीत संगीतमा आफनो आवाजको माध्यमबाट सम्पुर्ण नेपाली लोक पारखी मनमा बस्न सफल गायिकाको रुपमा उनी पर्दछिन ।

नेपाली मौलिक भाकामा रहेको सिर्जनाबाट आफनो देशको कला र परम्परालाई अगाडि ल्याउदैँ विश्वको सामु आफनो देशको पहिचान पस्कन पाउदा मनमा भिन्न किसिमको अनुभुति हुने गरेको उनको ठम्याई रहेको छ ।

काठमान्डौमा आयोजना गरिएको दोश्रो एपिक नेपाल म्युजिक अवार्ड कार्यक्रममा गायिका धनकुमारी थापा सरु द्धारा स्वरबद्ध ”आज मोड चल्या छ ” गीतबाट उनले सर्वोकृष्ट लोकदोहोरी गायिकाको अवार्ड हाँसिल गरेकी छन ।

अवार्ड कार्यक्रममा सम्मानित हुर्दा आफुलाई लोक गीत संगीत प्रति लाग्नको लागी थप हौसला र प्रेरणा मिलेको उनले बताइन । आफनो जिवनभरी गीत संगीतमा समर्पित गदैँ नेपालको गौरवलाई माथी सम्म पुयाउने कदममा आफु निरन्तर लागी पर्ने उनले बताइन । भगवान रुपी आफना दर्शक तथा स्रोता र शुभचिन्तकको न्यानो माया र आयोजकको साथबाट नै संगीतको यात्रामा थप अगाडी बढनको लागी हौसला र प्रेरणा मिलेको उनले बताइन ।

तपाईको प्रतिक्रिया