उर्लाबारी । मोरङको उर्लाबारी—९ दुर्गापुरीमा २८५६ औं सोनाम ल्होसारको अवसरमा माघ ९ गतेदेखी १४ गते सम्म ल्होसार महोत्सवको आयोजना गरिने भएको छ ।
नेपाल तामाङ घेदुङ उर्लाबारीको आयोजनामा हुन लागेको महोत्सवमा राष्ट्रिय कलाकार डम्बर नेपाली,ताराप्रकाश लिम्बू,बिभिन्न ब्याण्ड तथा राष्ट्रिय कलकारको आकर्षक प्रस्तुति रहने महोसत्वका उपाध्यक्ष कैलाश थापा मगरले बताउनुभएको छ ।
महोत्सव सन्चालन गर्नका लागि प्रेम घिसिङ ‘डाईभर’ को अध्यक्षतमा कार्यक्रमको व्यवस्थापन समिति गठन भएको छ । जसको उपाध्यक्ष कैलाश थापा मगर, सचिवमा सन्तोष योन्जन र कोषाध्यक्षमा बलराम योन्जन रहनुभएको छ । सदस्यहरुमा भुषण सुब्बा, सुर्य योन्जन, अर्जुन योन्जन लगायत रहनुभएको छ । कार्यक्रममा तामाङ जातिको कलासंस्कृति रहनसहन रितीरिवाज झल्काउने जातिय सद्भावलाई अझ प्रगाण बनाईने महोत्वका अध्यक्ष प्रेम घिसिङले बताउनुभयो । महोत्सवको तयारी भएसँगै भब्य र सभ्य रुपमा सम्पन्न गर्न महोत्सव ब्वयस्थापन समिति अहोरात्र खटिरहको छ ।

तपाईको प्रतिक्रिया