विश्व चर्चित र्यापर एमिनेम हाल विवादमा फसेका छन्। नयाँ गीतको शब्दलाई लिएर विश्वभरका उनका फ्यानहरुले नै आलोचना गरिरहेका छन्।
NIC ASIA SQUARE
सन् २०१७ मा वेलायतको म्यानचेस्टर एरिनामा अमेरिकी गायिका आरियाना ग्रान्डेको साँगीतिक कार्यक्रम माझ आत्मघाती बम विस्फोट गराइएको थियो।
सो क्रममा २२ जना मानिसको मृत्यु भएको थियो। हाल त्यसै घटनामा पीडित भएको परिवारलाई चोट पुर्याउने गीत सार्वजनिक गरेको भन्दै एमिनेमको आलोचना भइरहेको हो।
उनको र्यापको शब्द यस्तो छः आरियाना ग्रान्डेको साँस्कृतिक कार्यक्रममा पड्किएको बमजस्तै म खेलमा चिच्याउन चाहन्छु।
जब उनको नयाँ गीतमा मानिसहरुले म्यानचेस्टर बम काण्डसँग सम्बन्धित शब्द देखे केही दिनयता उनको चर्को आलोचना भइरहेको छ।
खेलमा मान्छे रमाउँछ, शोकमा को रमाउँछ? भन्दै मानिसहरुले उनको अलोचना गरिरहेका हुन्।
यसअघि एमिनेमले म्यानचेस्टर बम काण्डका पीडितलाई सहयोग गर्ने अभियान नै चलाएका थिए।
केही व्यक्तिले सहयोगको कुरा गर्ने अनि गीतका शब्दले छुरा रोप्ने प्रवृत्ति एमिनेमलाई नसुहाएको बताइरहेका छन्।
एमिनेम अर्थात मार्सल ब्रुस म्याथर्स विश्वमा महान र्यापर मानिन्छन्। उनले ग्य्रामी अवार्ड लगायत प्रतिष्ठित अवार्ड पाइसकेका छन्। बीबीसी