काठमाडौं । भारतको सिक्किममा रहेकी गायिका आस्था राउत तत्काल नेपाल नफर्कने भएकी छन् । १० दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनाले जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरिएका बेला उनी तत्काल स्वदेश नफर्कने भएकी हुन् ।

माघ १ बुधबार भद्रपुरको उडान हुँदै पूर्वी नेपालबाट सिक्किम जान लागेका आस्थाको त्रिभुवन विमानस्थलको चेकजाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठसँग भनाभन र त्यसपछि उनले सामाजिक सञ्जालमा आक्रोशित हुँदै भिडियो सार्वजनिक गरेपछि विवादमा परेकी हुन् । सोही भिडियोलाई लिएर प्रहरी जवान रमिताले प्रहरीमा अभद्र व्यवहारसम्बन्धी जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

तर, उनी तत्काल नफर्कने संकेत देखिएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले भारतको गणतन्त्र दिवसको अवसरमा यही जनवरी २६ तारिखमा हुने कार्यक्रममा आफ्नो सहभागिता रहने बताएकी छन् ।

तपाईको प्रतिक्रिया