काठमाडौं – चर्चित तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने भएको छ । यस फिल्मको मूख्य भुमिकामा को कलाकार रहने भन्ने निर्माण युनिटले फाइनल गरिसकेको छैन । यसैक्रममा यस फिल्मको लागी निर्माण पक्षले निर्देशकको नाम सार्वजनिक गरेको छ । यस फिल्मलाई बिशाल सापकोटाले निर्देशन गर्ने बताइएको छ ।

बिशाल सापकोटाले निर्देशन गरेको फिल्म ‘सेल्फी किङ’ अब प्रदर्शनमा आउने क्रममा रहेको छ । जि ट्वान्टी वानसँगको सहकार्यमा बन्ने यो फिल्ममा कुन कुन कलाकारको अभिनय रहने भन्ने फाइनल भइसकेको छैन ।

तपाईको प्रतिक्रिया