एजेन्सी – बलिउड अभिनेता अमिर खानको नयाँ फिल्म लाल सिंह चड्ढा को पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा अभिनेता अमिर खान देखिएका छन् । पोष्टरमा उनी लामो दारी, टोपीमा हातमा गिफ्ट लिएको अवस्थामा देखिएका छन् ।
सन् २०२० को क्रिसमसमा रिलिज हुने तयारीमा रहेको यस फिल्ममा अमिर खान र करिना कपुरको मूख्य भुमिका रहेको छ । फिल्ममा अमिर एक शिखको भूमिका देखा पर्नेछन्। फिल्म लाल सिंह चड्ढा हलिउड फिल्म फरेस्ट गम्प को हिन्दी रिमेक हो । फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरेका छन् ।