काठमाडौँ – नेपाल टेलिभिजनबाट हरेक सोमबार प्रसारण हुने चर्चित कमेडी शो हो ‘मुन्द्रेको कमेडी क्लब’ । हास्यकलाकार जितु नेपालले सञ्चालन गर्ने यस कमेडी शोमा हरेक सोमबार नेपालका चर्चित कलाकारहरु अतिथि बनेर आउने गर्छन्। यस्तै हिजो अर्थात सोमबार पनि ‘मुन्द्रेको कमेडी क्लब’ को ६५ औँ भाग प्रसारण भएको छ ।

सोमबार प्रसारण भएको शोमा चर्चित हास्य टेली सिरियल ‘सक्कीगोनी’ का कलाकारहरु अथिति बनेर आएका थिए ।उक्त शोमा ‘सक्कीगोनी’ का हास्यकलाकार हरि निराउला (कक्रोज), सागर लम्साल (बले) र प्रियाना आचार्य (मुन्नी) ले निकै हसाएका छन् । हेर्नुहोस् मुन्द्रेको कमेडी क्लबको यो ६५ औँ भाग

तपाईको प्रतिक्रिया