सिनेमा चपली हाइट ३ मा समावेश गरिएको चारानाको मसला बोलको गीतको छायांकन भएको छ । ३ दिन लगाएर यो सिनेमाको गीत खिचिएको हो । राजधानीको एक डान्स बारमा यो गीतको छायांकन गरिएको हो । अस्मिता अधिकारी र राज खम्बुको स्वर रहेको यो गीतमा सुभाष भुषालको संगीत छ ।

फिल्मको यो गीतको भिडियोमा मुख्य कलाकारहरु स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम र महेश त्रिपाठीलाई नचाइएको छ । प्रदिप लामाले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई फिल्मका छायांकार पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

सिनेमालाई अर्जुन कुमारले निर्माण गरेका हुन् भने निकेश खड्का यो सिनेमाको निर्देशक हुन् । सिनेमा चैत्रको २८ गतेबाट रिलिज हुँदैछ । यो सिनेमाले सस्पेन्स थ्रिलर कथालाई प्रस्तुत गरेको छ ।

तपाईको प्रतिक्रिया