काठमाडौं १५ माघ – पछिल्लो समयमा म्युजिक भिडियो लगाएत केहि चलचित्रमा ब्यस्थ भईरहेका कलाकार अर्जुन थापाको अभिनयमा मनको गित बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोलाई सैलुङ डाडाको रमणिय स्थलमा छायाकंन गरिएको हो । मनको गित गायक तथा संगीतकार विष्णु भट्टको शब्द, संगीत र भट्ट र गायीका सशिका राईको उत्कृष्ट आवाज रहेको गितको एरेञ्ज दुर्गा बहादुर तामाङले गरेका हुन ।
अनामनगर स्थित सुर संगीत स्टुडियोमा कर्ण सज्यांलले रेकर्ड गरेको गितलाई संन्तोस पौडेलले मिक्सिङ गरेका हुन् । गितको भिडियोको छायाकंन नमराज घिमिरेले गरेका हुन्, सम्झना श्रेष्ठले कलाकारहरुको श्रृगांर गर्नु भएको हो भने भिडियोको सम्पादन अनामनगर स्थित एनएफडि मा सम्पादन गरिएको हो, अनिल कटुवालले भिडियोलाई उत्कृष्ट बनाउन ड्रोन चलाउनु भएको हो भने भिडियो उत्कृष्ट बनाउन सुकुटे बिच रिसोर्टका संचालीका रस्मि थापा, कलाकार दिपिका थापा, समाजसेवि आर के सुबेदि लगाएले बिशेष सहयोग गर्नु भएको थियो । नव मोडल कोपिला रसाईलि र चर्चित मोडल अर्जुन थापाको अभिनय रहेको उक्त भिडियो अर्जुन थापा आफैले निर्देशन गरेका हुन् ।
भिडियो –
ससिका राइ बिष्णु भट्टको “मनको गीत” मा अर्जुन थापा र कोपिला रसाइलीको अभिनय !
