कमल न्यौपाने । युएई ।
अन्तर्राष्ट्रिय कलाकार समाज ( ईनास ) युएईले रोजगारीको शिलशिलामा युएईमा रहि गायन क्षेत्रमा आफ्नो भबिष्य खोजिरहेकाहरुको लागि सुनौलो अवसर ल्याएको छ । ईनास युएईले आफ्नै म्युजिक ब्याण्ड OTPROT का लागी Vocalist खोजी गरेको हुदा युएईमा रहि गायन क्षेत्रमा रुचि राख्ने कलाप्रेमीहरूलाई अडिसनको लागी आवहान गरेको हो । ईनास युएईले शुक्रबार जनवरी ३१ तारिखका दिन सिल्भर स्पुन रेस्टुरेन्टमा अडिसन गर्ने भएको छ ।

कार्यक्रमको निणायकका रूपमा बहु-चर्चित गायक बिनय कार्कीका साथमा गायिका श्रेखा घिमिरे रहनेछन । अडिसनबाट छानिएका बिजेतालाई OTPOROT ब्याण्डले प्रस्तुत गर्न लागेको म्युजिक एलबममा अवसर प्रदान गरीने OTPROT का ब्याण्ड मेनेजर केशव नेपालले जानकारी दिएका छन । साथै यस प्रकृयालाई निरन्तरता दिदै अन्य गायक / गायिका समेत तयार गर्ने नेपालले बताए । युएईमा रोजगारी गर्दै गायन क्षेत्रमा अघि बढ्न खोजिरहेकाहरुलाई अझ सहज वातावरण मिल्ने र धेरै भन्दा धेरैको गायक/ गायिका बन्ने सपना समेत पुरा हुने भएको हुदा यो अभियानलाई निरन्तरता दिदै अघि जाने समेत नेपालले हामिसंग बताएका छन ।

तपाईको प्रतिक्रिया