काठमाडौँ — नम्रता श्रेष्ठका एक दर्जन बढी फिल्म रिलिज भए तर बक्सअफिसमा कमाल गर्ने फिल्मचाहिँ छैनन् भन्दा हुन्छ । ‘प्रसाद’ले पनि घरेलु बजारबाट जसातसो लगानी उठाएको मात्र हो । अन्य अभिनेत्रीको तुलनामा अभिनय ठिकठाक भएकाले नम्रतालाई फिल्मको खास अभाव भएन, न त फ्लप कुनै असर नै पर्‍यो ।

‘जायरा’पछि भने नम्रतालाई संकट परेको छ। यस फिल्ममा उनको अभिनय मात्र होइन, लगानी पनि थियो। तर, बक्सअफिसमा सुपरफ्लप भयो। जबकियसको लगानी अढाई करोडभन्दा भनिएको थियो। व्यापक प्रचारप्रसार गरिएको थियो तर रिलिजको सुरुवातीदिनबाटै दर्शकको खडेरी लाग्यो। सकारात्मक प्रतिक्रिया पाएन। यस फिल्ममा नम्रता मार्सल आर्ट्स खेलाडीका रुपमा देखिएकी थिइन्।

लगानी र मेहनत डुबेपछि नम्रता नयाँ फिल्ममा अनुबन्ध भएको खबर बाहिरिएको छैन। यसबीच केही अवार्ड समारोहमा भने उपस्थित भएकी थिइन्।

तपाईको प्रतिक्रिया