‘जात्रै जात्रा’ बक्स अफिसमा हिट सावित भयो। चलचित्रमा अभिनेत्रीको रुपमा बर्षा राउत थिइन्। प्रदिप भट्टराईको निर्देशनमा तयार भएको चलचित्र यो बर्ष हालसम्म बक्स अफिसमा सफल भएका कम चलचित्र मध्येको एक हो। यो चलचित्र पश्चात बर्षाले लामो समय विश्राम लिईन्। उनलाई विवाह पछी चलचित्रको अफर नै नआएकासम्म टिप्पणी भए। तर बर्षा भने राम्रो स्क्रिप्ट र सहि समयको पर्खाइमा रहेको प्रतिक्रिया दिदै आएकी थिइन्। अव लाग्छ उनको लागि सहि समय आयो। उनि लगातार दुई चलचित्रमा काम गर्न तयार भएकी छिन्। एक चलचित्रको घोषणा भैसकेको छ भने अर्को एक घोषणाको तयारीमा रहेको छ। दिपेन्द्र लामाको निर्देशनमा तयार हुने चलचित्र ‘दुई नम्बरी’ मा पल शाह र दयाहाङ्ग राई उनको अपोजिटमा रहेका छन्। सुव्रत राज आचार्यको निर्देशनमा तयार हुने ‘के घर के डेरा’ मा विपिन कार्की र दयाहाङ्ग राई मुख्य भूमिकामा रहेनछन्। लोभलाग्दो क्रेज, फ्यानको उल्लेख्य माया पाएकी बर्षाले समय लिएर बढाएको व्यस्तता कति फलदायी हुने हो त्यो भने हेर्न बाँकी छ।
बर्षाले बढाएको व्यस्तता
