मनोरञ्जन उद्योगमा प्रेम गर्नभन्दा ज्यादा टिकाउन गाह्रो छ। यो साल केही चर्चित जोडीले आफ्नो प्रेम सम्बन्ध बचाउन सकेनन्। यी ७ जोडी जो प्रेम बिछोडका कारण यो बर्ष चर्चामा रहे । शिल्पा पोखरेल-छवि ओझा वर्षको सबैभन्दा चर्चित ब्रेकअप शिल्पा पोखरेल र छवि ओझाको रह्यो। शिल्पाले छविले घरेलु हिं*सा गरेको आ*रोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि दुई वर्षअघि मात्र विवाह गरेको यो जोडी झग*डामा उत्रियो। तर, यो झ*गडा यति कुरूप भयो कि यसले सेलिब्रिटीको इमेजमाथि नै प्रश्न उठायो।

जसिता गुरुङ-प्रदीप खड्का यो जोडीले आफूहरू प्रेममा रहेको कहिल्यै स्वीकार गरेन, तर दुवैलाई नजिकबाट चिन्नेहरू भन्छन्, दुवैका गतिविधिमा प्रेमको मात्रा प्रशस्त थियो। तर, ‘लभ स्टेसन’ फ्लप भएपछि उनीहरूको बाटो बदलियो। प्रदीपले अभिनय गर्ने ‘प्रेम गीत ३’मा नयाँ हिरोइन फाइनल भएसँगै दुवैको ब्रेकअपको चर्चाले शहर गर्माएको थियो, तर पुष्टि केही दिनअघि मात्र भयो। दुवैको ब्रेकअप भएको दाबीसहित थुप्रै अनलाइनले समाचार पनि लेखे।

आँचल शर्मा-पल शाह आँचल शर्मा र पल शाहले पनि मुखले अफेयरमा रहेको कहिल्यै स्वीकार गरेनन्, तर प्रेमी–प्रेमिकावाला व्यवहार भने देखाइरहे। वर्षको मध्यतिर आँचल र पलको ब्रेकअपको खबर बाहिरियो। यतिबेला आँचल उदिप श्रेष्ठसँग विवाहको तयारीमा छिन् भने सुनिन्छ भने पल शाह भने आजभोलि आँचललाई छाड्नुपरेकोमा चुकचुकाइरहेको चर्चा इन्डस्ट्रीमा सुनिन्छ।

सन्ध्या केसी-दर्शन भट्टराई अभिनेत्री तथा भीजे सन्ध्या केसी र कार्पेट व्यवसायी दर्शन भट्टराईको प्रेम पनि यो साल टुट्नेमा पर्‍यो। तर, अफेयरमा रहेको हल्ला जसरी बाहिरिएको थियो, छुट्दा त्यति हल्ला भएन। अहिले सन्ध्या अमेरिकातिर घुमिरहेकी छिन्।

निलम शाह-रामकृष्ण ढकाल गायक रामकृष्ण ढकाल र निलम शाहको सम्बन्ध वि*च्छेद यो सालको चर्चित काण्डमध्ये एक रह्यो। सहकारीको ऋणको कारण समाचारमा आइरहेका ढकालले एक दिन सुटुक्क निलमसँग पारपा*चुके गरे। तर, यो पार*पाचुके शंकाको घेरामा नै छ। उनीहरू निकट स्रोतका अनुसार ढकालले सहकारीबाट सम्पत्ति बचाउन सम्बन्ध विच्छे*दको नाटक गरेका हुन्। नभन्दै ढकाल छोरी र ‘पूर्वश्रीमती’लाई लिएर आशा भोस्लेको कार्यक्रममा देखिए।

उषा खड्गी-जिपी तिमल्सिना नपत्याउने खबर उषा खड्गी र जिपी तिमल्सिनाको पनि रह्यो। १५ वर्षअघि विवाह गरेको यो जोडी पनि अहिले सम्ब*न्ध वि*च्छेदका लागि अदालतको आदेश कुरेर बसिरहेको छ। झ*गडाको कारण बाहिरिएको छैन, तर स्रोत भन्छ, यहाँ पनि घर टुट्ने मुख्य कारण घरेलु हिं*सा नै हो। जिपी र उषाका एक छोरी र एक छोरा छन्।

तपाईको प्रतिक्रिया