काठमाडौ – पछिल्लो समय पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाको प्रेम सम्बन्धको निकै चर्चा चल्न थालेको छ । केही समयदेखि श्रृङ्खला खतिवडा र भ्ल्गर सिसन बाँनिया प्रेम सम्बन्धमा रहेको बारे चर्चा चल्ने गरेको छ । तर यी दुईले भने आफुहरुको प्रेम सम्बन्धको बारे कुनै कुरा अहिलेसम्म खुलाएका थिएनन् । यसैक्रममा शुक्रबार प्रेम दिवसको दिन पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले आफ्नो प्रेम सम्बन्धबारे केहि कुरा गरेकी छिन् ।

उनले एक भिडियो सार्वजनिक गर्दै सिसनसँगको प्रेम स्विकार गरेकी छिन् । उक्त भिडियोमा उनले भनेकी छिन् – ‘सबैलाई प्रेम दिवसको शुभकामना । हामी निकै नै रोमाञ्चक डेमा छौ ।’ उक्त भिडियोको पछाडी भ्ल्गर सिसन बाँनिया मुस्कुराएका छन् । यो भिडियोलाई हेर्दा सिसनसँगको प्रेम श्रृङ्खलाले स्विकार गरेको बुझ्न सकिन्छ । उनले भनेकी छिन् ‘हामी निकै नै रोमाञ्चक डेमा छौ’ । श्रृङ्खला मिस नेपालको प्रतिस्पर्धामा हुँदासिसनले निकै साथ दिएका थिए ।

तपाईको प्रतिक्रिया