काठमाडौं । लोकप्रिय गायक तथा संगीतकार स्वर्गीय बिक्रम राइको पहिलो स्मृति सभा सोमबार बिहान आयोजना गरिएको छ । स्मृति सभामा नेपाली सांगीतिक छेत्रका दर्जनौ कलाकारहरुको उपस्थिति थियो । उनकी प्रेमिका अर्जुना राई द्वारा कपन स्थित आफ्नै निवासमा आयोजित स्मृति सभामा गायक गायिकाले स्वर्गीय बिक्रम राइका गीतहरु गाउदा कार्यक्रम स्थलमा भाबबिहल भएका थिए भने धेरै कलाकारहरुले
गायन र संगीत सिर्जनामा उत्तिकै दख्खल विक्रमको नेपाली सांगीतिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए। कार्यकममा उनको स्वर तथा संगीतमा रहेको गीत ‘कुलुलु बग्ने’को भिडियो पनि सार्वजनिक गरिएको थियो । ईश्वर चामलिंगको शब्द र देबेश राइको एरेन्ज रहेको गीतको भिडियोलाई उनको जीवनकथामा तयार पारिएको छ । बेदना राई र सरोज खालिंग राइको अभिनय रहेको भिडियोलाई राजेश पुमाले निर्देशन गरेका हुन् उत्सव दाहालको सीनेमाटोग्राफी र विकाश धमलाको सम्पादन रहेको भिडियोलाइ अर्जुना राईले नै निर्माण गरेकी हुन् ।
खोटाङका स्थायी बासिन्दा राइको ३१ बर्षको अल्पायुमै गत बर्ष फागुन १८ गते निधन भएका भएको थियो । उनी डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।
राइले संगीत भरेको तथा गाएको गीतहरू सयौंको संख्यामा छन् । ‘हौवा हौ दर्शन नमस्ते’, ‘तिम्ले बाटो फेर्यौ अरे’ २ र ३, ‘जीवनसाथी तिमीलाई छ मेरो सलाम’ (मेल भर्सन)लगायत गीत चर्चित छन् ।
संगीतकार विक्रम राईको पहिलो स्मृति सभा,उनले गाएको गीतको गरियो भिडियो सार्वजनिक










