माया खडका ढकाल

सन्सारलाई नियाल्दै छ,कोरोनाले
सर्वशक्तिमान निरीक्षक बनेर।।
विश्वलाई अनुशासनको पाठ पढाउदै
मान्छेको क्षमता जाच्दै छ शिक्षक बनेर।

कोरोनाले आज विश्वलाई चुनौती दिदैछ।
बिज्ञान र बैज्ञानिकहरुको पनि परिक्षा लिदैछ।
लकडाउनमा नबस्ने र नियम मिच्नेलाई
मृत्यु दण्डको कठोर सजाय दिदैछ।।

सफा हुने र लकडाउनमा बस्नेलाई
कोरोनाले केही हानी गर्दैन ।।
सामाजिक दुरि कायम गरि बसेमा
अकालमा कोहि पनि मर्दन ।।

कोरोनाले सबैलाई घर भित्रै बस्ने बनायो ।
घर बिर्सनेलाई परिवारक महत्त्व चिनायो।।
गाउँघर बिर्सी सहरमा रमाउनेहरुलाइ।
सहि समयमा गाउँको महत्त्व बोध गरायो।

धेरै भयो गाउँघर चौतारी शुन्य भएको ।
यवायुवती बसाई सरि शहर गएको ।
तिनै युवा गाउँ फर्की खेती गर्न थाले सबैले
नाति नातिनिसङ रमाउन पाये बाजेबजैले।

कोरोनाले सबै कुराको हिसाब मिलायो।
बृद्ध बाआमालाई खुसी दिलायो।।
आफ्नो कर्तव्य र गन्तव्य बिर्सनेहरुलाइ
एउटा राम्रो शिक्षा दिलायो।।

विश्वका शक्तिशाली रास्ट्रहरुलाई पनि
घमण्ड ताेडि घुडा टेक्ने बनायो ।
रास्ट्रपति ,मन्त्री , सान्सद सबैलाई
दुख कष्ट पिडा केहो?महसुस गरायो।।

प्रकृति यथावत छ,कृतिमा सबैमा रोक लायो
मानव क्षति धेरै भयो विश्व दङ खायो।।
बालकदेखि बृद्धसम्म सबैलाई कोरोना लायो
सावधानी नअपनाउदा लाखौको ज्यान गयो।।

यदि साबन पानी नभएको भये आज
मानिसको अस्तित्व हराउने रहेछ।।
डाक्टरसंग नडराउने काेराेना याे
साबन पानीसङ डराउने रहेछ।।

मृत्यु हुनेहरूलाई मलम लाउन नसके पनि
बिश्व शान्तिको गरौ सबैले कामन।।
छिटो हटेर जाओस् यो कोरोना कहर
यहि नै छ आज बिश्व साराको चाहाना ।

तपाईको प्रतिक्रिया