काठमाडौं। अमेजनको वेब सिरिज पाताल लोकका विषयमा विवाद गहिररिँदै गएको छ । शोकी निर्मात्री अनुष्का शर्माविरुद्ध मुद्दा दर्ता भएको छ । लयर्स गिल्ड मेम्बरका गिल्डका सदस्य वकिल वीरेन सिंह गुरुङले अनुष्का शर्मालाई एक लिगल नोटिस पठाएका छन् । १८ मेमा पठाइएको यो नोटिसमा सुदिप शर्माद्वारा लिखित यो वेब सिरिजमा जातिसूचक शब्दको प्रयोग गरिएको र यसबाट गोर्खा समुदायको अपमान भएको उल्लेख छ ।

आज तकको समाचार अनुसार वीरेनले भनेका छन् ‘पाताल लोकको दोस्रो एपिसोडमा सोधपुछको क्रममा महिला पुलिस शोकी एक नेपाली पात्रलाई जातिवादी गालीको प्रयोग गर्छिन् । यदि केवल नेपाली शब्दको प्रयोग गरिएको भए कुनै समस्या हुँदैनथ्यो तर त्यसपछिको जुन शब्द छ त्यसलाई स्वीकार गर्न सकिँदैन । अनुष्का शर्मा यो शोकी निर्माता हुन् त्यसैले हामीले उनलाई नोटिस पठाएका हौं । अनुष्का शर्माको यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यदि जवाफ आएर भने लिगल टिमले मुद्दा अगाडि बढाउनेछ ।’

तपाईको प्रतिक्रिया