पछिल्लो समयमा सामाजिक अभियन्ताको रुपमा परिचय बनाउदै गरेकी नायिका रेखा थापा देशमा भएका सामाजिक र राजनितिक घटनाबारे जानकार छिन् । राजनीतिमा समेत प्रवेश गरेकी रेखाले सामाजिक सञ्जालमार्फत राजनीति गर्नेलाई सुझाव दिएकी छिन् । आज रेखाले राजनिती गर्ने मानिस डराउन नहुने धारणा राखेकी छिन् ।

उनले नेताहरु खुल्ला रुपमा स्पष्ट बाटो हिड्न हिम्मत राख्नुपर्ने पनि बताइन् । जनताको मन जित्ने हिम्मत नगरेमा नेताले राजनिति नभई जनतालाई धोका दिने आरोप लगाइन् । रेखाले राजनीतिमा कि त वार कि त पारको नियममा हिड्नुपर्ने औल्याएकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘राजनितीमा कि त कौरब बन कि त पांडव बन । सहि गलत त जनताको न्यायालयले फैसला गर्छ । ’

रेखाले अगाडी लेखेकी छिन्, ‘मुखौटा लगाएर आफ्नो असलियत देखाउन डराएर कहाँ पुगिन्छ? खुल्ला रुपमा परिचय बताएर जनताको मन जित्ने हिम्मत भएन भने त्यो राजनीति होइन धोका हो, विश्वाशघात हो । त्यस्तो राजनीतिले कतै पुर्याउदैन जस्तो लाग्छ ।’

तपाईको प्रतिक्रिया