नेपाली म्युजिक भिडियो इतिहासमै युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो ‘पिरिम नलाउने’को सफलता पश्चात गायक आशिष सचिनको अर्को प्रस्तुती ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ । ‘पिरिम नलाउने’ समूहकै सहभागितामा गलबन्दि पच्छ्यौरी तयार भएको हो ।

कोभिड १९ को प्रभावको बीच सामाजिक दूरी र सतर्कता अपनाउँदै आज काठमाडौंमा सम्पन्न एक कार्यक्रममा ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक गरिएको हो । गायक आशिष सचिनको स्वर तथा अभिनय रहेको ‘गलबन्दी पच्छ्यौरी’लाई उक्त गीतको टिम र केही पत्रकारहरुको सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा ‘पिरिम नलगाउने’लाई झण्डै सात करोड पटक हेरिएको भन्दै टिमले केक काटेर सेलेब्रेसन समेत गरेको थियो । लकडाउन हुनु पुर्व नै छायांकन गरिएको गीतको भिडियो पछिल्लो समयमा काठमाडौंमा लकडाउन केही खुकुलो हुदाँ सिमित पत्रकारहरुको विच कार्यक्रम सम्पन्न भएको हो ।

चार दिन लगाएर खिचिएको गीतमा नेपाली परम्परागत रोटेपिङ, लिङ्गे पिङ, हाटबजारको दृश्यलाई कलात्मक शैलिमा प्रस्तुत गरिएको छ । गीतलाई अघिल्लो गीत ‘पिरिम नलाउने’लाई जस्तै दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको अभिनेत्री वर्षा राउतले बताईन् ।

ओएसआर डिजिटलको निर्माण रहेको गीतमा गायक आशिष सचिनलाई गायिक मेलिना राईले स्वरमा साथ दिएकी छिन् । ‘पिरिम नलाउने’कै संगीतकार दीपक शर्माको शब्द तथा संगितमा रहेको गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

गीत तथा भिडियोमा प्रायः ‘पिरिम नलाउने’ कै टिमको सहभागीता रहेको छ । गम्भिर विष्टको कन्सेप्ट तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा गायक आशिष सचिनका साथै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराई लगायतको अभिनय रहेको छ ।
ओएसआर को आधिकारी युट्युव च्यानलमा सार्वजनिक भएको यस गीतको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका हुन भने यसमा नविन निरौलाको सम्पादन रहेको छ । यस अघि ‘पिरिम नलगाउने’ गीत युट्युवमा दर्शकले अत्याधिक रुचाएका कारण सोही कलाकार र टिम मिलेर पिरिम नलाउनेको प्रिक्वेलस्वरुप ‘गलबन्दि पच्छ्यौरी’ तयार पारिएको गायक तथा भिडियोका निर्माता आशिष सचिनले जनाए ।

आरम्भ ‘पिरिम नलगाउने’ भनिएको म्युजिक भिडियोमा एक बर्षअघि सार्वजनिक सफल म्युजिक भिडियो ‘पिरिम नलाउने’को भन्दा अगाडिको कथा देखाइएको छ । सर्टफिल्म शैलीमा बनाइएको सो प्रिक्वेल म्युजिक भिडियोमा दश बर्षअघिको गाउँघरको परिवेशमा मौलाएको युगल प्रेमलाई कथाका रुपमा चित्रित गरिएको छ ।

‘पिरिम नलाउने’लाई अहिले सम्म ६ करोड ४३ लाख पटक हेरिएको छ । गायक आशिष सचिनकै एककान दुईकान मैदानलाई पनि २ करोड ७५ लाख पटक हेरिएको छ ।

तपाईको प्रतिक्रिया