सङ्गीतकार रेखा पौडेलले आफ्नै स्वर तथा सङ्गीतमा रहेको तीज गीत ‘नाचौंन नाचौंन…’ सार्वजनिक भएको छ । डा. कृष्णहरी बरालको रचना, कमल सौरागको सङ्गीत संयोजन र कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री तथा मोडल नीतु कोइराला तथा मोडल सुशिला थापाको साथमा गायिका पौडेलले नृत्य रहेको छ । भिडियोलाई सन्तोष तिमिल्सिनाले छायांकन गरेका हुन् ।

तपाईको प्रतिक्रिया