काठमाडौँ। अभिनेत्री पूजा शर्माले संचारकर्मी प्रकाश सुवेदीविरुद्ध चलचित्र कालकार संघ लगायत विभिन्न संस्थामा मानहानीको उजुरी दिएकी छिन् । एपीवान टेलिभिजनबाट बिहीबार प्रसारणमा आएको कार्यक्रममा सुवेदीले प्रयोग गरेका शब्दले आफ्नो मानहानी गरेको भन्दै नेपाल चलचित्र कलाकार स‌ंघमा उजुरी दिएको पूजाले बताइन् ।

कार्यक्रममा कतै पूजाको नाम भने लिएको छैन । अभिनेत्रीका चार पुस्ताको अन्तवार्ता आफैंले लिएको भन्दै कार्यक्रममा सुवेदीले भनेका थिए, ‘इन्टरभ्यू दिने पनि आफैं, बोल्ने पनि आफैं, नआउने पनि आफैंलाई, अनि हामीले चाहिँ लिएको इन्टरभ्यु इडिट गरिदिनु पर्ने, काटिदिनुपर्ने त्यो पनि मिलाई मिलाई । महानायिका बनाइदिनु पर्ने, त्यो पनि दाह्रा निस्केको अनुहारलाई ।’

अभिनेत्री शर्माले आफूले केही दिनअघि दिएको अन्तर्वार्तामा एक प्रश्नको जवाफ गलत भएको र यसका कारण आफू ट्रोलको शिकार भएको भन्दै उक्त अन्तवार्ता सम्पादन गरी प्रशारण गर्न अनुरोध गरेको बताउँदै आएकी थिइन् । उनले दिएको उजुरीमा पनि अन्तर्वार्ता सम्पादनको कुरा उल्लेख गरेकी छन् । ‘चलचित्र क्षेत्रबाहेकका प्रश्नहरुको उत्तर दिन म असमर्थ भएकोमा प्रतक्ष्य प्रशारण नभएकोले कार्यक्रमको छायांकन पश्चात सो प्रश्नोत्तर सम्पादन गरि हटाएरमात्र प्रशारण गरिदिनुहुन अनुरोध गरेको थिएँ,’ उजुरीमा लेखिएको छ, ‘तर, मेरो अनुरोधलाई लत्याएर जस्ताको तस्तै प्रशारण गरिदिँदा मैले मानसिक रुपमा तनाव भोग्नुपरे पनि म मौन नै बसेकी थिएँ ।

तपाईको प्रतिक्रिया