हिमालयन म्युजिक एकेडेमीको आयोजनामा ” हिमालयन अनलाईन ट्यालेन्ट शो प्रतियोगिता २०२०” हुने भएको छ । यो कार्यक्रम अमेरिकामा हुन लागेको हो । आयोजक हिमालयन म्युजिक एकेडेमीका अध्यक्ष पुष्प गजमेरको अनुसार यहि अगस्ट १५ तारिख देखि सेप्टेम्बर १८ तारिख सम्म सहभागिताको लागि फर्म भर्ने मिति तोकिएको छ । प्राप्त जानकारी अनुसार कार्यक्रममा गायन, नृत्य, हाँस्य विधा र बिभिन्न बाजागाजा बजाउने विधा गरि कलाका ४ विधा समावेश गरिएको छ ।
यस प्रतियोगिताको फाईनल भने नेपालीहरुको महान चांड दशैं र तिहारको बीच पारेर नोभेम्बर ७ मा हुने अध्यक्ष पुष्प गजमेरले बताएका छन् । कार्यक्रमको अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ । कार्यक्रमको जजमा विकास थुलुङ, सारंगा श्रेष्ठ र अर्जुन रसाइली रहेका छन् । यस्तै कार्यक्रममा जुरी तर्फ भने गोपी दाहाल, डम्बर खापुङ र सन्तोष रामदम रहेका छन् । कार्यक्रमलाई सुजिता गुरुङ, रमेश दियाली, अस्मिता रसाइली र सिड निरौलाले संचालन गर्नेछन् ।
यस्तै प्रतियोगिताको धनराशी पनि निकै ठुलो रहेको छ । अध्यक्ष गजमेरको भनाई अनुसार विजेताले ट्रोफी सहित २५०० अमेरिकन डलर, फर्स्ट रनर अपले ट्रोफी सहित १५०० अमेरिकन डलर र सेकेन्ड रनर अपले ट्रोफी सहित १००० अमेरिकन डलर पुरस्कार र फोर्थ रनर अपले भने ट्रोफी सहित अरु पुरस्कार स्वरूप प्राप्त गर्नेछन् । कार्यक्रममा ५ वर्ष देखि ६५ बर्ष सम्मको उमेर समूहको व्यक्तिले भाग लिन पाउनेछन् ।
यसै गरी कार्यक्रममा क्यानाडा र अमेरिकामा रहनुभएका हिन्दु वा क्रिष्टियन जसले नेपाली बोल्न सक्ने वा नेपाली समुदायबाट प्रतिनिधित्व गर्ने सबैले यस प्रतियोगितामा भाग लिन पाउनेछन् । यस्तै कार्यक्रमका प्रायोजकहरु यसप्रकार रहेका छन् : बामा, दिक्षा, ग्रेटर हिन्दी सेवा समिति र बि.सी.ए.ए । यस्तै कार्यक्रमका मुख्य प्रायोजक यसप्रकार छन् : सेन्टरलाईट होम केयर एलएलसी, कन्चनजङ्गा जेवेलर्स, भाभी लाल गोल्ड हाउस लिमिटेड, केलर विल्लिअम्स रेअलटी र रिमेकस वान रहेका छन् ।
कार्यक्रमको बारेमा विश्लेषण गर्दा विश्वोभर फैलिएको कोरोनाको त्रासको बीचमा समेत नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने हेतु यस किसिमको प्रतिभामुलक कार्यक्रमको आयोजना गर्न सक्नु साच्चै नै चुनौतिपूर्ण रहेको देखिन्छ । तर यस प्रतियोगिताले विश्वोमा नै नेपाल र नेपालीको परिचय खोल्ने देखिन्छ । विदेशमा बसेर नेपाली कला र संस्कृति बिर्सिदै गएका बालबालिका देखि युवा पुस्तालाई यसले सचेत गराउनेछ ।
जुन हिसाबले यस प्रतियोगितामा जज र जुरीलाई समावेश गरिएको छ यस हिसाबले कार्यक्रम निकै रोमान्चक हुने देखिन्छ । अब कार्यक्रमले कस्तो संदेश दिने हो र कुन हिसाब सम्म सफल हुने हो त्यो भने समयले नै बताउनेछ । तर कार्यक्रमलाई अहिलेको माहोल हेरेर कोरोनाको जोखिमलाई ध्यानमा राखेर सक्दो राम्रो बनाउने प्रतिबद्धता अध्यक्ष पुष्प गजमेरले जाहेर गरेका छन् भने अर्को बर्ष अवस्था सामान्य हुँदै गए यस प्रतियोगिताको दोस्रो संस्करण अझ भव्य हुने समेत उनले जानकारी दिएका छन् ।
https://youtu.be/osXeYspm8BM

तपाईको प्रतिक्रिया