मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सोचेका काम बन्नेछन् । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । अरुले तपाइको तारिफ गर्न सक्छन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्यको विशेष ख्याल गर्नु होला । सोच्दै नसोचेको ठाँउमा पैसा जाने दिन छ । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी आज नगर्नु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आय बृद्धि हुने दिन छ । नयाँ कामको अवसर पनि मिल्ला । अँँन्नको लाभ पनि हुने दिन छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनको साथै अन्नको पनि लाभ हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कमाई बढ्नाले सुख बढ्नेछ । विगतको श्रमबाट पनि धन लाभ हुनेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नौलो स्थानको यात्रा हुनेछ । रोकिएका कामहरु बन्नेछन् । धनको प्राप्ती पनि होला । स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
रोगले सताउला, सोच्दै नसोचेको ठाँउमा रुपैया पैसाको खर्च होला । सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आत्म विश्वास बढ्नेछ, आफन्तको काममा नै आजको दिन बित्ने छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
राम्रोसँग कमाई हुनेछ । पठन–पाठनमा पनि प्रगति हुनेछ । धन लाभ पनि होला । व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन् । नसोचेको ठाँउबाट केहि लाभ होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । ब्यापार भने ठिकै मात्र छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शरिरमा आलस्यता छाउने देखिन्छ । कसैसंग सामान्य बादविवाद पर्ने देखिन्छ । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, यसले खर्च पनि गराउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मान सम्मान मिल्नेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका पनि पाइनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागिरमा पनि समस्या देखा पर्ने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धार्मिक काममा मन जानेछ । काममा उत्साहजनक समय छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोगिएर काम गर्नु होला ।