राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि जसरी पनि फरक स्वादको आवस्यक परेको हुन्छ । त्यसैले पनि कलाकारहरुले पृथक स्वाद पस्किने कोसिस गरिरहेका हुन्छन् । यस्तो कोसिस धेरै सफल हुन पनि सक्छ धेरैको असफल पनि हुन सक्छ । यसै भिडमा कलाकार बिबेक चौलागाईं पनि आफ्नो पृथक सांगीतिक स्वाद लिएर भर्खरै बजारमा आएका छन् । उनले यस अगी पनि थुप्रै गीतहरु ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । तसर्थ यस गीतले पनि बिबेकलाई थप उचाइमा पुर्याउने कुरा नकार्न सकिन्न ।

उनको “डल्ली” नाममा बजारमा आएको पछिल्लो गीत हो । प्रस्तुत गीतमा बिबेक चौलागाईं र एलिना चौहानको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना प्रभावन जे ले भरेका हुन् । निकै रोमान्चक धारमा तयार भएको यस गीतको म्युजिक भिडियोमा बिकाश लामिछाने र एलिना चौहानको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रभावन जे तथा समूहले गरेको जानकारी प्राप्त छ भने छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईं, प्रदिप लामा र सम्पादन डीन्सन शाहले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया